सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

धरहरा खुला गर्ने सरकारको तयारी 

काठमाडौँ ।  २०७२  सालको भूकम्पमा परी ध्वस्त भएको  काठमाडौँको माझमा रहेको धरहरा  छिट्टै  खुला गर्ने सरकारले तयारी गरेको छ। त्यसबेला समेत प्रधानमन्त्री रहनुभएका केपी शर्मा ओलीले  मै बनाउँछु मेरो  धरहरा भन्ने अभियान सञ्चाल गरेर यसको पुनर्निर्माण  गर्नुभएको थियो। पुनर्निर्माणपछि पनि पूर्ण रूपमा खुला नगरिएको धरहराको  प्रधानमन्त्री ओलीले  खुला गर्नका लागि सचिवहरूलाई  मंगलबार निर्देशनसमेत दिनुभएको छ । 

‘धरहरा बनिसकेको छ पार्किङको व्यवस्थापन नहुँदा सञ्चालनमा आएको छैन । पार्किङको शुल्क लिएर भए पनि सञ्चालन गर्नुपर्छ । ‘मै बनाउँछु मेरो धरहरा’ अभियानमा नेपाली जनताले करोडौँ रकम पनि दिएका थिए । यसको पुनः निर्माणमा जनताको सहभागिता छ तर जनताले धरहरा चढ्न पाएनन् । कसरी हुन्छ छिटो सञ्चालनमा ल्याउन निर्देश गर्छु ’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ। 

भूकम्पले ध्वस्त भएको धरहरा  पुनर्निर्माणको प्रधानमन्त्री  ओलीले २०७२ साल पुस १२ गते शिलान्यास गर्नुभएको थियो। 

तीन वर्ष लगाएर पुनर्निर्माण सम्पन्न भएपछि प्रधानमन्त्री ओलीले २०७८ साल वशाख ११ गते ऐतिहासिक धरहराको उद्घाटन गर्नुभएको थियो। सुगौली सन्धिपछि तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले धरहराको निर्माण गर्नुभएको थियो। 

यस्ता छन् पुनर्निर्मित धरहराका मुख्य विशेषता
०  बाहिरबाट हेर्दा ११ तल्लाको देखिए पनि भित्र जमिनमुनि दुई तल्लाको भूमिगत संरचना रहेको छ र जमिनमाथि भुइँतलासहित २३ तला हुने छ । यसरी समग्रमा धरहरा २५ तल्लाको हुने छ ।
०   जमिन माथिबाट गजुरसहित धरहराको उचाइ ८३.८५ मिटर छ । भूमिगत तलासहित ९२.२५ मिटर हुन्छ ।
०  धरहराभित्र २ वटा लिफ्ट हु ने छन् । एकपटकमा १० जनाले यात्रा गर्न  सक्ने छन् । यसबाट वृद्धवृद्धा एवं अपाङ्गता भएका व्यक्तिहरूलाई धरहरामाथिको पहुँचमा सहजता हुने छ । साथमा फलामको भ-याङ पनि रहने छ ।
० धरहराबाट वरिपरिको दृश्यावलोकनका लागि २०औं तल्लाबाहिर २.५ मिटर चौडाइको बार्दली रहेको छ ।
०  २२औँ तल्लामा पुरानो धरहराबाट झिकी सुरक्षित राखिएको शिवलिङ्ग स्थापना गरिएको छ ।
० धरहरा मुनिको दुईतले भूमिगत संरचनामा दुईवटा विद्युतीय स्वचालित भ-याङबाट तल-माथि गर्न सकिनेछ ।

 धरहरा क्षेत्रका मुख्य–मुख्य संरचना
० दुईतले भूमिगत संरचनासहितको धरहरा
०   तीनतले भूमिगत पार्किङ
० एउटा अर्ध–भूमिगतसहित चार तल्ले भूकम्प र टक्सार सम्बन्धी सङ्ग्रहालय
०  ‘फुड कोर्ट’ सहितको ‘युटिलिटी ब्लक’
०  विश्रामस्थलसहितको अत्यन्तै मनमोहक बगैंचा तथा सङ्गीतमय फोहरा
–  संरक्षित ऐतिहासिक भीमसेन स्तम्भ

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ११ : ४७ बजे