‘एउटै नाउरको सिकार गर्न २३ लाख’

सूर्योदय वोमीको एफपीओ आज बाँडफाँट, ४ हजार ६ सयले मात्र सेयर पाउने

काठमाडौँ। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ आज बाँडफाँट हुने भएको छ।

गत साउन ४ गतेदेखि कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४६ हजार ७२९.५४५० कित्ता एफपीओ बिक्री खुला गरेको हो।

एफपीओमा मागभन्दा धेरै अर्थात १६ लाख ५९ हजार बढीको कुल २ अर्ब ३८ करोड ६३ लाख ४ हजार रुपैयाँ बराबरको सेयर खरिद आवेदन परेको छ।

मागभन्दा बढी आवेदन परेकै कारण यो एफपीओ गोलाप्रथाबाट बाँडफाँट गरिने छ। जसमा भाग्यमानी ४ हजार ६७२ आवेदकले १० कित्ताका दरले सेयर पाउने छन् । तिनै भाग्यमानीमध्ये ९ जनाले थप १-१ कित्ता शेयर पाउनेछन् । आवेदन परेको आधारमा उक्त एफपीओमा १६ लाख ५४ हजार ४०३ जनाको हात खाली हुने भएको छ।

साविकको सूर्योदय र वोमी लघुवित्त मर्ज भई बनेको सूर्योदय वोमी संस्थाको कुल चुक्तापुँजी ९१ करोड ७ लाख ८२ हजार ५०८.५० रुपैयाँ कायम भएको छ। जसमा संस्थापक शेयरधनीको स्वामित्व ७०.३६ प्रतिशत र सर्वसाधारण समूहको स्वामित्व २९.६४ प्रतिशत रहेको छ। अब सर्वसाधारणतर्फको हिस्सा बढाएर ३० प्रतिशत पुर्‍याउन संस्थाले एफपीओ जारी गरेको हो।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ९ : ३३ बजे