‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एक रातको वर्षाले उपत्यकाको धेरै स्थान जलमग्‍न, नदी किनारको सडकमा थुप्रियो हिलो

काठमाडौं । गत रातिको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन्। उपत्यकाको ढल निकास व्यवस्थाले थाम्‍नै नसक्ने गरी वर्षा हुँदा यसको प्रभाव यत्रतत्र देखिएको हो । 

उपत्यका भित्रका विभिन्नकोरिडोरका सडकमा लेदो जमेपछि आवतजावतमा समस्या देखिएको छ ।

काठमाडौं उपत्यकाभित्र भक्तपुरमा बस्ती डुबानमा परेको छ । बल्खुमा तरकारी बजार डुबानमा परेको छ ।

यस्तै ललितपुरको च्यासलमा नेकपा एमालेको केन्द्रीय कार्यालय नै डुबानमा परेको छ । तुलसीलाल स्मृति प्रतिष्ठानको भवनको मुख्य गेट नै भाँचिएको छ । ललितपुरका ७ स्थान डुबानमा परेका छन्।

हालसम्म बल्खुमा एक जनाको शव भेटिएको छ भने उपत्यकाका तीन जिल्लामा डुबानबाट भौतिक क्षति भएको पाइएको छ। प्रहरीका अनुसार ललितपुरका विभिन्न स्थानबाट डुबानमा परेका २४ जनालाई उद्धार गरिएको छ।

यस्तैगरी वर्षाका कारण नदीको सतह पनि बढेकाले बाढी आएको छ। धेरै जसो नदीहरूको सतह खतराको जोनमा पुगेको छ । 

बागमती यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोबिखोला, विष्णुमती, नख्खु, बल्खु खोलालगायत सबैमा जलसतह सतर्कता तहदेखि खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। नदी आसपासका बासिन्दालाई सतर्क रहन विभागले आग्रह गरेको छ । 

 

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ९ : ०२ बजे