‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

माओवादी आगामी निर्वाचनमा एक्लै लड्ने, अब सशक्त प्रतिपक्षी बन्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी चुनाव एक्लै लड्ने निर्णय गरेको छ । शुक्रबारदेखि केन्द्रीय मूख्यालय पेरिसडाडाँमा बसेको पदाधिकारी बैठकले आगामी २०८४ को चुनाव एक्लै लड्ने निर्णय गरेको हो । 

पाँच दिनसम्म चलेको बैठक समापन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक्लै चुनाव लड्ने निष्कर्ष सुनाउनु भयो । लामो समयदेखि गठबन्धनको बलमा मात्र चुनाव लड्न सक्ने आरोप लागे पछि यो खालको निर्णय आएको बुझिएको छ । विशेषगरी सरकारबाट हट्नुपर्ने परिस्थतिले एक्लै चुनाव लड्ने तयारी गर्न अवसर समेत मिलेको प्रचण्डको तर्क छ ।

‘आगामी निर्वाचनमा एक्लै चुनाव लड्नेगरी तयारी गर्नुपर्छ, जसले गर्दा हाम्रा विचारहरु, हाम्रा राजनीतिक कार्यदिशाहरु, हाम्रा दृष्टिकोणहरु जनतामा सोझै पुग्न सकियोस्’, बैठकको निर्णय जानकारी दिँदै प्रवक्ता सापकोटाले बताउनुभयो ।

बैठकले वामपन्थी सहकार्य र एकताको पहलकदमी पनि नछोड्ने पनि निर्णय गरेको  सापकोटाले बताउनुभयो । 

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ६ : १९ बजे