‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

यो सरकार दुई वर्ष ढल्दैन : प्रधानमन्त्री ओली 

काठमाडौँ। सरकार अस्थिर हुन्छ र चार महिनामा अर्को समीकरण हुन्छ भनेर एकपक्षीय टिप्पणी गर्नेहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कडा जवाफ दिनु भएको छ।

उहाँले कांग्रेससँग भएको सहमति अनुसार  अनुसार एमाले चल्ने र सोही अनुसार कांग्रेस नेतृत्वलाई प्रधानमन्त्री हस्तान्तरण गर्ने घोषणा गर्नुभएको छ। यो घोषणापछि सरकार अस्थिर हुन्छ, बीचैमा समीकरण परिवर्तन हुन्छ भनेर आकासे खेती गर्नेहरूले प्रश्न उठाउनै नसक्ने गरी प्रधानमन्त्रीले मंगलबार जवाफ दिनुभयो। 

सचिवहरुलाई मंगलबार  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्देशन दिँदै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट काम हुन नसकेको र जनतामा निराशा छाएकाले दुई प्रमुख पार्टीको अगुवाइमा सरकार परिवर्तन गर्नुपरेको आफूले सदनमा विश्वासको मत माग्ने क्रममा पनि स्पष्ट पारेको स्मरण गराउनुभयो । 

प्रधानमन्त्री ओलीले आफूले सहमति बमोजिम दुई वर्ष पुग्ने एक साता अघि राजीनामा दिने त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेर स्थिरता सन्देश दिने स्पष्ट गर्नुभयो । “त्यसकारण यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन । कर्मचारीहरूले ढुक्कले ठिक काम गर्नुस्, सरकारले त्यसको उत्तरदायित्व लिन्छ ।”

“यी दुई पार्टी मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी हुन् । राणादेखि राजतन्त्रसम्मको आन्दोलनमा जितेर आएका यी पार्टीको मुलुकको विकास र परिवर्तनका लागि हिस्सा र मुख्य भूमिका रहेको छ । त्यसकारण यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ । यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन ।” 
 

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ३ : ३७ बजे