‘एउटै नाउरको सिकार गर्न २३ लाख’

चिनिया गाडीको कब्जामा नेपाली इभि बजार 

काठमाण्डौं । व्यापारिक क्षेत्रमा विश्वमै वर्चश्व फैल्याइरहेको चीनले पछिल्लो समय इभि गाडीको मार्केट ह्वात्तै बढाएको छ । नेपालमा छिमेकी दुई मुलुकसहित विश्वका आधा दर्जन देशबाट विद्युतीय सवारी आयात हुने गरेको छ । हाल ५० किलोवाटदेखि ३०० किलोवाट तौल क्षमताका इभि नेपाल भित्रने गरेको कुराले यो कुराको पुष्टि भएको छ ।
आयातको आँकडाअनसार नेपालमा सबैभन्दा धेरै १०० किलोवाट तौलक्षमताका अनुसार ६ हजार ८८५ वटा गाडी आयात भएको छ । यस्तै, ५० किलोवाट तौलक्षमताका ४ हजार ५७१ वटा गाडी आयात भएका छन् । यस्तै, १०० देखि २०० किलोवाटका २१७ वटा र ३०० किलोवाटका २८ वटा गाडी आयात भएका छन् ।
देशका आधारमा भने चीनबाट सबैभन्दा धेरै आयात हुने गरेको छ । नेपाली इभि बजार चीनको कब्जामा देखिएको छ। कुल इभि आयातको ६८.८० प्रतिशत हिस्सा चिनको छ । चीनबाट गत वर्ष २२ अर्ब १ करोड ३ लाख रुपैयाँ बराबरको ८ हजार ५१ वटा इभि नेपाल भित्रिएको थियो भने भारतबाट २ हजार २७७ वटा इभि आयात भएको थियो । विभागका अनुसार इन्डोनेसियाबाट १५० वटा, कोरियाबाट ८२ वटा, जर्मनबाट २१ वटा, अमेरिकाबाट ९ वटा र बेलायतबाट १ युनिट विद्युतीय गाडी आयात भएको छ ।

 
 

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ११ : ०२ बजे