साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सूर्यज्योति लाइफले ९२ हजार कित्ता सेयर लिलामी गर्ने 

काठमाडौं । एनआइसी एसिया बैंकले आजदेखि आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक समूहको सेयर लिलामी बिक्री गर्ने भएको छ । सो बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योतिको ९२ हजार ३४९ कित्ता सेयर लिलामीमा ल्याएको हो ।
उक्त सेयरको न्यूनतम १७१ रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार इच्छुक लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
यही साउन १८ गतेसम्म बोलपत्र पेश गर्नुपर्ने र सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।
 

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  १० : ५७ बजे