‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक नै आज बस्न लागेको हो ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची छ ।

बैठकमा सभामुखले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति ,कार्यसञ्चालन नियमावली, २०८० को नियम २८ को उपनियम ,२ बमोजिमको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा रहने सदस्यहरूको नाम प्रस्ताव गर्ने कार्यसूची छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको सुरक्षित कारोबार ,पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रियसभाको बैठक सवा १ बजे बस्नेछ । बैठकमा अध्यक्षले संयुक्त समितिमा सदस्यहरूको नाम मनोनयन गर्ने कार्यसूची छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ८ : ३८ बजे