काठमाडौँ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाली काँग्रेसका सांसद कुसुम थापामगरको एकल उम्मेदवारी दर्ता परेको छ ।
संसदीय समितिअन्तर्गतको उक्त समितिको सभापतिका लागि सांसद थापामगरको प्रस्तावकमा काँग्रेस सांसद वीरबहादुर बलायर र समर्थकमा एमाले सांसद सूर्यप्रसाद ढकाल रहनुभएकाे छ ।
यसअघि समिति सभापति रहनुभएकी डा, आरजु राणा देउवा परराष्ट्रमन्त्री भएपछि कृषि समितिको सभापति पद खालि भएको थियो । एकल रुपमा उम्मेदवारी परेपछि सांसद थापा निर्विरोध सभापति चयन हुनुभएकाे छ ।
काँग्रेसको समानुपातिक सांसद रहनुभएकी थापा पार्टी महामन्त्री गगन थापानिकट नेतृ हुनुहुन्छ ।
प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार ४ : ४७ बजे
प्रतिक्रिया