साफ यू–१७ च्याम्पियनसिप आजदेखि

एशियन लाइफले २ लाख ७१ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने

काठमाडौँ । लाइफ इन्स्योरेन्सको सेक्टरमा अग्रणी संस्था एशियन लाइफ इन्स्योरेन्स कम्पनीले केही संस्थापक सेयर धनीहरूको नाममा रहेको सेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले २ लाख ७१ हजार ४६ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । कम्पनीले संस्थापक सेयरको बिक्री मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकेको छ ।

सो सेयर खरिदका लागि कम्पनीको विद्यमान संस्थापक सेयर धनी र अन्यले पनि खरिद गर्ने पाउनेछन् । इच्छुकले आजैका मितिले १५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको डिल्लीबजारस्थित केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ४ : २९ बजे