‘एउटै नाउरको सिकार गर्न २३ लाख’

नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त हुनुभएकाे छ ।

सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रहेका पौडेललाई सोमबारदेखि लागु हुने गरी प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

पौडेलले अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएकाे छ । 

यसअघि राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारीमा डा. गुणकर भट्ट हुनुहुन्थ्याे ।
 

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  १२ : २० बजे