‘एउटै नाउरको सिकार गर्न २३ लाख’

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो

काठमाडौँ । आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

सोमबार सुन तोलाको ४ सयले बढेर एक लाख ४६ हजार १ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि आइतबार सुनको मूल्य तोलाको १ लाख ४५ हजार ७ सय रहेको थियो ।  त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४५ हजार ४ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला १० रुपियाँ बढेर तोलाको १७५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ११ : ०२ बजे