‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कारागार र बालसुधार गृहको सुधारमा तीनै तहका सरकार समन्वय गरेर अगाडि बढ्नुपर्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कैदीबन्दीको सीप विकास र आय आर्जनको कुरामा  सरकार गम्भीर रहेको बताउनुभएकाे छ । आइतबार संघीय संसदको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा गृहमन्त्री लेखकले कारागार र बालसुधार गृहको सुधारमा तीनै तहका सरकारको समन्वय गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

‘अत्याधिक संख्यामा कैदीबन्दी रहेको समस्या देशभरी कै छ। भौतिक संरचनाको राम्रो विषय उठाउनुभएको छ। भौतिक संरचनामा सुधार गर्न आवश्यक छ। यस्तै बालगृहमा पनि ठाउँको अभाव छ। भौतिक संरचनाको अभाव देखिएका छन्।’ उहाँले भन्नुभयो,‘हामीसँग ८ वटा जिल्लामा ९ वटा बालसुधार गृह छन्। यसको सुधार गर्नुपर्ने छ। सबैलाई सरकारले राम्रोसँग सञ्चालन गर्नुपर्ने देखिएको छ।’  

कैदकट्टामा सर्वोच्च अदालतले दिएको पछिल्लो निदर्शन अनुसार अगाडि बढ्ने उहाँको भनाइ छ। कैदीबन्दीको सिदा र दैनिक खर्च कम भएको विषयमा सरकारको ध्यान गम्भीरतापूर्वक जाने गृहमन्त्री लेखकले बताउनुभयाे। कैदीबन्दीले भोग्नुपरेको स्वास्थ्य र सरसफाईका समस्या सम्बोधन गर्ने सरकारले ध्यान दिनु पनि उहाँले बताउनुभयो।

‘कारागारलाई सीप विकास केन्द्रका रुपमा विकास जरुरी छ। केही न केही उद्यम गरेर आय आर्जन पनि हुने र मानिस व्यस्त हुने अवस्था हुन्छ। कैदीबन्दीलाई मनोपरामर्श कार्यक्रम पनि जरुरी हुन्छ,’ उहाँले भन्नुभयो। 

कैदकट्टामा सर्वोच्च अदालतले दिएको पछिल्लो निदर्शन अनुसार अगाडि बढ्ने उहाँको भनाइ छ। जबरजस्तीकरणी र लागूऔषध सम्बन्धि अपराध अपराधलाई न्यूनीकरण र नियन्त्रण गर्नेतर्फ सरकारले पर्याप्त ध्यान दिने उहाँको भनाइ थियो। 

बैठकमा गृहमन्त्री लेखकले संसदीय समितिप्रति सरकार जवाफदेही र जिम्मेवार हुने प्रतिबद्धता व्यक्त गर्नुभयो। गृहमन्त्री लेखकले भन्नुभयो, ‘प्रतिवेदनमाथि छलफल गरेर समितिबाट निर्देशन पाऔं। सरकार सदनप्रति जवाफदेही हुन्छ, जिम्मेवार हुन्छ। समितिको निर्देशन हामी गम्भीरतापूर्वक लिन्छौं र कार्यान्वयन पनि जति सक्छौं, त्यति गर्छौँ। आर्थिक अभावका बीचमा पनि सरकारले यथेष्ट ध्यान दिने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  १ : २१ बजे