‘एउटै नाउरको सिकार गर्न २३ लाख’

नेप्सेमा दोस्रो सर्किट ब्रेक, कारोबार ४० मिनेटका लागि स्थगित

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दोस्रो सर्किट ब्रेक लागेको छ । बजार पाँच प्रतिशतले बढेका कारण दोस्रो सर्किट ब्रेक लागेको हो । योसँगै कारोबार ४० मिनेटका लागि रोकिएको छ । 

यस आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएसँगै यसको सरात्मक प्रभाव सेयर बजारमा देखिएको छ । 

यसअघि आज कारोबार सुरू भएको एक मिनेट ३२ सेकेन्डमा नै नेप्से इन्डेक्स चार प्रतिशत बढेर २० मिनेटको लागि कारोबार स्थगित गरिएको छ । यतिबेला सूचक दुई हजार ६ सय ९७ दशमलब २१ बिन्दुमा पुगेको छ ।  

बजार प्रि-ओपन सेसनमै ३८ अंकले बढिसकेको थियो । सेयरबजारको कारोबार खुल्नअघिको प्रि-ओपन सेसनमै नेप्से ३८ अंकले बढ्दा १८ लाख ५०६ कित्ता शेयरको खरिदबिक्रीमा हुदाँ ९ करोड ६८ लाख रूपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ११ : २५ बजे