साफ यू–१७ च्याम्पियनसिप आजदेखि

गोरखामा पहिरोमा परी चारजना बेपत्ता, दुई घाइते

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिड्लास्थित रेसेगाउँमा पहिरोमा परी चारजना बेपत्ता भएका छन् भने दुईजना घाइते भएका छन् ।

पहिरोले एउटा घर र गोठ बगाउँदा परिचय नखुलेका चारजा बेपत्ता भएका उक्त गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिए ।

पहिरोमा परी स्थानीय छमबहादुर गुरुङ र मीनबहादुर गुरुङ घाइते भएका तथा बेपत्ता भएकाको खोजी भइरहेको उपाध्यक्ष गुरुङले बताए ।

प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशकुमार श्रेष्ठले बताए ।

पहिरोमा पुरिएर जीतबहादुरसहित उनकी श्रीमती वर्ष ३५ की कान्छी माया, उनका बुबा ६० वर्षीय सुलाल कान्छा, सोही वडास्थित सिङ्लाका ३३ वर्षीय रमेश गुरुङ र ठेगाना नखुलेका ३४ वर्षीय रमेश परियार बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  १० : ३२ बजे