सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

तिनाउ नदीले बगाएर एक बालकको मृत्यु, एक बेपत्ता

बुटवल । बुटवलको तिनाउ नदीले बगाउँदा एक जना बालकको मृत्यु भएको छ। अर्का एक जना बेपत्ता भएका छन्। 

शुक्रबार साँझ ६ बजे तिनाउ नदीमा पौडी खेल्न गएको बेला बाग्लुङको बरेङ गाउँपालिका ४ का १२ वर्षीय विवश खत्रीलाई बगाएको थियो। उनको मगरघाट नजिक शव फेला परेको बुटवल उपमहानगरपालिका ११ का वडा सदस्य नकुल शाहीले जानकारी दिए। 

सैनामैना नगरपालिका ८ का बिप्रन पाण्डेको खोजी कार्य जारी रहेको उनले बताए। मृतक खत्री आमासँग सानीआमाको घरमा आएका थिए। पौडी खेल्न तीन जना बालकहरू गएका थिए। 

तीमध्ये दुई जना बगेका हुन्। बेपत्ता बालकको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ८ : ५७ बजे