‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

संक्रमणकालीन न्यायको विषय टुंगिदै, सोमबार अर्को बैठक बस्ने

काठमाडौं । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक सकिएको छ ।

शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालयमा सम्पन्न बैठकमा सकारात्मक छलफल भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो  ।

बैठकपछि बर्तौलाले केही राय लिएपछि सोमबार अन्तिम बैठक बस्ने बताउनुभयो । यो विषय सत्ता या प्रतिपक्षको नभएको बताउँदै उहाँले यो सबैको साझा विषय भएको बताउनुभयो  ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिका विषय सहमति नजिक पुगेको बर्तौलाले बताउनुभयो  । 

कार्यदलमा एमालेका महेश बर्तौला, माओवादी केन्द्रका जनार्दन शर्मा र कांग्रेसबाट गृहमन्त्रीसमेत रहनुभएका रमेश लेखक रहनुभएको छ ।  

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई पीडितलाई केन्द्रमा राखेर टुंग्याउनका लागि असहमतिका चार बुँदामा सहमतिका लागि दलहरुबीच निरन्तर छलफल भइरहेको छ।

मानव अधिकारको गम्भीर उलंघन, हत्याको परिभाषा, सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्ति र महान्यायाधिवक्ताले गम्भीर मानव अधिकार उल्लंघनको विषयमा ७० प्रतिशत सहमति जुटेको बताइएकाे छ । 

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  १२ : ५७ बजे