‘एउटै नाउरको सिकार गर्न २३ लाख’

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । नेपाल राष्ट्रबैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ ।

गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार मौद्रिक नीति सार्वजनिक गर्नुभएकाे हाे  । त्यसअघि राष्ट्रबैंकको सञ्चालक समितिले मौद्रिक नीति स्वीकृत गरेको थियो ।

गभर्नर अधिकारीले अर्थतन्त्रमा विदेशी मुद्राको संचिति बढेको र वित्तीय संस्थाहरूमा तरलता बढेकाले ब्याजदर घटदोक्रममा रहेको बताउनुभएकाे छ ।

उहाँले देशको वर्तमान अवस्थालाई विश्लेषण गर्दै लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको बताउनुभयाे ।

उनले मुद्रा स्फृतिलाई ५ प्रतिशतको हाराहारीमा राख्ने र ७ महिनाको लागि विदेशी बस्तु तथा सेवा आयात गर्ने गरी विदेशी मुद्राको संचिति राख्ने नीति लिएको जानकारी दिनुभएकाे छ ।

गभर्नर अधिकारीले बजेटमा व्यवस्था गरिएको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोगी हुने गरी नीति तय गरिएको बताउनुभएकाे छ ।

 

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  १२ : ५२ बजे