‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

जहाज दुर्घटना : त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमको लागि मुचुल्का गरिँदै

कठमाडौँ  ।  सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव पोष्टमार्टमको तयारी सुरु भएको छ । पोष्टमार्टमका लागि मृतक सबैको शव त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ भने अहिले आवश्यक कागजपत्र मिलाउने काम भइरहेको छ ।

अहिले  दुर्घटनामा मृत्यु भएकाहरुको शवको मुचुल्का बनाउने काम भइरहेको छ ।  यो कागजी कामहरु सकिने बित्तिकै पोष्टमार्टम सुरु हुने प्रहरीले जानकारी दिएको छ ।  

पोष्टमार्टमका लागि अस्पतालको जनशक्ति तयारी अवस्थामा रहेको अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले जानकारी दिनुभयो । 

जलेर मृत्यु भएका कारण शवहरुको पोष्टमार्टम दिनमा मात्रै गर्न सकिने उहाँले बताउनुभयो । ‘शव चिनिने अवस्था छैन । हामीले दाँत हेरेर पहिचान गर्नुपर्छ । नभए सबैको डीएनए नै परीक्षण गर्नुपर्ने हुन्छ,’ उहाँले भन्नुभयो ।
 

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ४ : ४३ बजे