दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

गृहमन्त्री लेखक विमान दुर्घटनास्थलमा, उद्धार कार्य जारी

काठमाडौँ । त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेको छ ।

काठमाडौँबाट पोखरा उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर विमान दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको छ । त्रिभुवन विमानस्थलका अनुसार विमानमा चालक दलका सदस्यसहित १९ यात्रु रहेका थिए ।

दुर्घटना स्थलबाट पाइलटको उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पताल लागिएको छ ।

त्यस्तै अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विमानस्थलको फायर फाइटिङ टिमले उद्धारको काम गरिरहेको छ । 

 दुर्घटनाको सूचना थाहा पाउनासाथ गृहमन्त्री रमेश लेखक दुर्घटनास्थल पुग्नुभएकाे छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
 

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १२ : ४६ बजे