साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

पाइलट मात्रै बाचे, १८ जनाको शव निकालियो, को को परे दुर्घटनामा ? (नामसहित)

​​​​​​​काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन भएको छ ।

प्रहरीका अनुसार सौर्य एयरको दुर्घटनाग्रस्त जहाजमा सवार १९ मध्ये  १३ को घटनास्थलमै मृत्यु भएको भने बाँकी पाँच जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । 

दुर्घटनामा जहाजका पाइलट मनिष शाक्यको जीवितै उद्धार गरिएको छ । उहाँको केएमसी अस्पतालमा उपचार भइरहेको छ । पाटन निवासी ललितपुर नख्खु घर भएका ३७ वर्षीय पाइलट शाक्यलाई ११ः ३० बजे अस्पताल ल्याइएको थियो । विमान ११ः १० बजे   त्रिभुवन अन्तर्राष्ट्रिय विमान विमानस्थलमा दुर्घटना परेको थियो । 

जहाजमा पोखरामा जहाज मर्मतका लागि हिँडेका सौर्य एयरलाइन्सकै मर्मत सम्भारका इन्जिनियर तथा प्राविधिकहरूको टोली  थियो ।   

सौर्य एयरलाइन्सयात्रुहरुको विवरण अनुसार विमानमा मनुराज शर्मा, अस्बिन निरौला, सुदिपलाल जोशी, अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, सर्वेश मरासैनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा ,अधिराज शर्मा, उद्वव पुरी , यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पून्यरत्न शाही र अरेफ रेडा रहेका थिए। 

 

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १२ : ३८ बजे