दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सौर्य एयरको बिमान दुर्घटना, घाइते क्याप्टेनको उद्धार, विवरण आँउन बाँकी (भिडियो सहित)

काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा   सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) जहाज जहाज दुर्घटना भएको छ ।

केही बेर अघि जहाज  दुर्घटनामा परेकाे हाे ।  विमानस्थल प्रहरीका अनुसार धावनमार्गबाट जहाज चिप्लिएको थियो । अहिले जहाजबाट धुवाँको मुस्लो निस्किरहेको छ ।

विमानस्थल प्रहरी कार्यालयका त्रिदेव बुढाथोकीले चक्रपथलाई दिएको जानकारी अनुसार घाइते अवस्थामा रहेका विमान चालकको उद्धार गरिएको छ। उहाँलाई उपचारका लागि केएमसी अस्पतालमा भर्ना गरिएको छ। अन्य  यात्रुको अवस्थाका बारेमा भने विवरण आउने क्रम जारी रहेको उहाँले जानकारी दिनुभयो ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हाे । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको बताइएकाे छ ।

जहाजमा सौर्य एयरलाइन्सकै मर्मत सम्भारका इन्जिनियर तथा प्राविधिकहरुको टोली जहाजमा सवार रहेको बुझिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ११ : ३८ बजे