साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

महिला एसिया कप: भारतले नेपाललाई दियो १७९ रनको लक्ष्य

काठमाडौँ । भारतले नेपाललाई १७९ रनको लक्ष्य दिएको छ । जारी महिला एसिया कप अन्तर्गत समुह ए को अन्तिम खेलमा भारतले नेपाललाई १७९ रनको लक्ष्य दिएको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ३ विकेट गुमाउँदै १७८ रन बनाएको हो ।

भारतका लागि सेफाली बर्माले सर्बाधिक ८१ रन बनाएकी थिइन् भने दयालान हेमालताले ४७ रन बनाएकी थिइन् । त्यस्तै जेमीनाह रोड्रीगेजले २८ र संजीवन सजनाले १० रन बनाएकी थिइन् ।

त्यसैगरी नेपाली बलर सिता राना मगरले २ र कविता जोशीले एक विकेट लिएकी थिइन् ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ९ : ०५ बजे