साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

शैक्षिक समकक्षताको प्रमाणपत्रबारे छानबिन गर्न समिति गठन 

काठमाण्डौ ,।  शिक्षा मन्त्रालयद्वारा समकक्षताको प्रमाणपत्रबारे छानबिन गर्न समिति गठन समिति गठन गरेको छ ।
   सो मन्त्रालय अन्तर्गत पाठ्यक्रम बिकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र प्रदान गर्दा भए गरिएका काम कारबाही सम्बन्धमा र प्रमाणपत्र लिदा अपनाउनुपर्ने प्रक्रिया , लाग्ने दस्तुर लगायतका बिषयमा छानबिन गर्न सो समिति गठन भएको मन्त्रालयका प्रबक्ता सह(सचिब केशब प्रसाद दाहालले जानकारी दिनुभयो ।
 प्रबक्ता दाहालका अनुसार शिक्षा तथा मानब स्रोत बिकास केन्द्रका उप महानिर्देशकको संयोजकत्वमा गठित  तिन सदस्यीय समितिलाई सुझाब सहितको  प्रतिबेदन पेश गर्न  मन्त्रिस्तरीय निर्णय अनुसार ७ दिनको समयसीमा प्रदान गरिएको शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
साउन ६ गतेको प्रतिनिधि सभाको बैठकमा सदस्यहरूले सो बिषयमा प्रश्न उठाएका थिय।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ५ : १४ बजे