दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

नेपाल एक चीन नीति प्रति दृढः  उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल एक चीन नीति प्रति दृढ रहेको बताउनु भएको छ ।  भन्नुभएको छ । 
चीनको युनान प्रान्तको कुन्मिङमा आयोजित ८ औं चीन –दक्षिण एसिया प्रदर्शनीमा मंगलबार सम्बोधन गर्दै उपाध्यक्ष घिमिरले नेपाल एक चीन नीति प्रति सधैं दृढ रहेको बताउनुभयो ।  
नेपालमा पञ्चशिलको सिद्धान्तमा आधारित विदेश नीति संञ्चालनमा रही आएको बताउँदै उपाध्यक्ष घिमिरेले  चीन नेपालबीच दौत्य सम्बन्ध कायम भए पश्चात चीन नेपाल सम्बन्ध नयाँ उचाईमा पुगेको पनि बताउनुभयो ।
“व्यापार, सुरक्षा, सेवा, विकास र प्रविधीमा चीनले हाँसिल गरेका उपलब्धिहरुबाट नेपाल पनि पत्यक्ष वा परोक्षरुपमा लाभान्वित हुँदै आएको छ,” उहाँले भन्नुभयो,“हामी एक चीन नीति प्रति दृढ छौं, आपसी व्यापार, लगानी, ज्ञान र सीप आदान–प्रदान यस प्रकारका प्रदर्शनीहरुबाट अझै विस्तार हुने कुरामा विश्वस्त छु ।”
उहाँले चीनले नेपालका बहुआयमिक क्षेत्रहरुमा महत्वपूर्ण सहयोग पु¥याउँदै आएको चर्चा गर्दैै  चीन हाम्रो एक महत्वपूर्ण व्यापार साझेदार मुलुकको रुपमा रहेको बताउनुभयो । 
चीनले बिद्यतीय गाडी र ब्याट्री उत्पादनमा हासिल गरेको प्रगतिले पृथ्वीको तापक्रम स्थिर राख्न मद्दत पुगेको देखिन्छ भन्दै उपाध्यक्ष घिमिरेले चीनको यस प्रगतिले नेपालको यातायात क्षेत्र समेत लाभान्वित भएको बताउनुभयो । 
उहाँले नेपालमा आयात हुने अधिकांश बिद्युतीय  गाडीहरु चीनियाँ रहेको जानकारी पनि गराउनुभयो । चीनबाट वर्षेनी उल्लेख्य संख्यामा पर्यटकहरु नेपाल आइरहेको र धेरै नेपालीहरु भाषा, सीप विकास र उच्च शिक्षाका लागि चीन गईरहेका कारण एक–अर्काको प्रविधि, सीप र संस्कृति लगाएतका विषयहरु जान्ने अवसर सिर्जना भएको भनाई उपाध्यक्ष घिमिरेको थियो । 
नेपालमा २०८० कात्तिक १७ गते बारेकोट केन्द्रविन्दु बनाई गएको बिनासकारी भुकम्पबाट प्रभावितहरुको  जनजीवनलाई पुर्ववत अवस्थामा फर्काउन चिनियाँ स्रोत र प्र्रविधीको हस्तान्तरण हुने विश्वास पनि उपाध्यक्ष घिमिरेले ब्यक्त गर्नुभयो । 
उहाँले काठमाडौं– कुन्मिङको सिधा उडान सम्पर्कले यात्रामा छरितो बनाइ दुवै देशको संस्कृतीको आदान –प्रदान र पर्यटकीय गतिविधीमा सहजता थपेको चर्चा गर्दैैै लुम्बिनीस्थित गौतम बुद्ध विमानस्थल र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा चीनसँग सिधा उडान स्थापना गर्न सक्दा दुई देश बीचको पर्या–पर्यटनको माध्यामबाट आर्थिक तथा सामाजिक क्रियाकलाप अझ थप बलियो हुने विश्वास पनि ब्यक्त गर्नुभयो । 

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ५ : ०७ बजे