साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

फुङलिङ नगरपालिकाका इन्जिनियर हुसैनविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताप्लेजुङको, फुङलिङ नगरपालिकाका इन्जिनियर मो.अख्तर हुसैनविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले हुसैनले सेवाग्राहीसँग एक लाख घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको हो ।

हुसैनले खेल मैदान निर्माण कार्य सम्पन्न पश्चात भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग सो रकम घुस बापत लिएको पुष्टि भएको भन्दै सोही रकम बराबरको बिगो कायम गर्दै मंगलबार विशेष अदालत, काठमाडौँमा आरोप-पत्र दायर गरिएको जनाएको छ । 

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  २ : ५९ बजे