साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

आफैले बन्द गरेको क्यासिनो खुलाउन महानिर्देशककै दौडधुप, पर्यटनमन्त्री गुमराहमा !

​​​​​​​काठमाडौं । निलम्बनमा परेको काठमाडौं दरबारमार्गमा रहेको एक क्यासिनो (जुवाघर) खुलाउन पर्यटन विभागमा ठुलै चलखेल सुरु भएको छ । 

चार वर्षदेखि बन्द रहेको दरबारमार्गस्थित होटल डेला अन्नपूर्ण परिसरमा रहेको क्यासिनो प्यालेसको  निलम्बन फुकुवा गर्न पर्यटन विभागका महानिर्देशक रुद्रप्रसाद पण्डित र क्यासिनोका नेपाली साँझोदार बिनय शाहले ‘तारतम्य’ मिलाइरहेको स्रोतले चक्रपथ डटकमलाई बतायो । 

यो क्यासिनो डेढ महिना अघि मात्रै पर्यटन विभागका महानिर्देशक पण्डितकै निर्देशनमा बन्द गराइएको थियो । ‘अहिले उनै पण्डित कर तिरेर ठिकठाक अवस्थामा रहेको क्यासिनो किन बन्द गर्ने हजुर भन्दै मन्त्रालयतिर धाइरहेका छन्’स्रोतले भन्यो, ‘पण्डितले नवनियुक्त पर्यटनमन्त्री बन्नुभएका काग्रेंसका यूवा नेता बद्री पाण्डे लाईसमेत घुमराहमा पार्न सूत्रहरू परिचालन गरिरहेको अवस्था छ ।’
‘हुन पनि हो आफैले निलम्बन गरेको क्यासिनो फुकुवा गर्न क्यासिनोको साँझदारलाई बोकेर महानिर्देशक हिँडेको देख्दा हामीलाई नै लाज लागिरहेको छ ।’  क्यासिनो प्यालेस ८५ प्रतिशत विदेशी र १५ प्रतिशत नेपालीको लगानी छ ।  नेपाली पक्षको नेतृत्व विनायक शाहले गर्दै आइरहेका छन् । विद्यमान कानुन बमोजिम क्यासिनो प्यालेस अहिले निलम्बनको अवस्थामा छ । 

होटल डेला अन्नपूर्णमा एट्लान्टिक रिक्रियसन प्रा.ली. द्वारा सञ्चालित  क्यासिनो प्यालेस विगत दुई महिनादेखि बन्द अवस्थामा छ ।

कोभिडको कारण देखाउँदै  होटल अन्नपूर्ण विगत चार वर्षदेखि नै बन्द अवस्थामा रहे पनि क्यासिनोमा जुवा खेलाउने काम भने चलिरहेको थियो । पर्यटन विभागले क्यासिनो चलाउने अनुमति लिएको होटल बन्द भएको अवस्थामा क्यासिनो चलाइनु गैर कानुनी हुने भन्दै विभागका महानिर्देशकको निर्देशनमा पत्र काटेर डेढ महिना अघि मात्रै क्यासिनो बन्द गराएको थियो ।  
विभागका प्रवक्ता  कालीबहादुर भुजेलले  क्यासिनो खुलाउने विषयमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया चक्रपथलाई दिनुभयो । ‘अब यो क्यासिनो कानुन बमोजिम मात्रै खुल्नु पर्ने हो’, प्रवक्ता भुजेलले भन्नुभयो,त्यो भनेको होटलसमेत खोल्नु पर्छ ।’ तर, विभागका महानिर्देशक र क्यासिनोका सञ्चालक शाह भने यस्तो आर्थिक मन्दीको अवस्थामा पनि कर चुक्ता गरेर सरकारलाई राजश्व बुझाइरहेको कम्पनी किन बन्द गर्नु भन्ने तर्क दिँदै मन्त्रालयमा लबिङ गरिरहेका छन् । 

होटल नै बन्द रहेको अवस्थामा होटल परिसरमा रहेको क्यासिनो सञ्चालन भइरहेको भन्दै पर्यटन विभागले जेठ ३१ गते  चलानी नम्बर ३२१० र ३२११ का दुई वटा पत्र पठाउँदै विभागले क्यासिनो निलम्बन गरेको थियो ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अवगत गराउँदै होटल डेला अन्नपूर्ण प्रा. लि. दरवारमार्गलाई बोधार्थ दिएर क्यासिनो सञ्चालकलाई थमाइएको पत्रमा ‘होटल डेला अन्नपूर्ण परिसर दरवारमार्ग, काठमाडौँमा सञ्चालित क्यासिनोको आर्थिक वर्ष  २०८१/०८२ मा क्यासिनो सञ्चालन इजाजतपत्र नवीकरणका निवेदनको सन्दर्भमा होटल डेला अन्नपूर्णले विदेशी पाहुनाहरूलाई लक्षित गरी खोलिएको होटल सञ्चालन नहुँदासमेत पृथक रूपमा क्यासिनोमात्र सञ्चालन हुन्छ भन्ने परिकल्पना पर्यटन ऐन, २०३५ को दफा ४५ (२) र ४५८ र क्यासिनो नियमावली, २०७० नियम ५९१० को देहाय खण्ड ९ख० ले नगरेको अवस्थामा सोही होटल परिसरमा एट्लान्टिक रिक्रियसन प्रा.लि.द्वारा सञ्चालित क्यासिनोको लागि अत्यावश्यक भौतिक पूर्वाधार होटेलबाट उपलब्ध हुनसक्ने तत्काल सम्भावना समेत नरहेको र होटलको पाँच तारास्तरको स्तर वर्गीकरण समेत २०६१/०४/०१ गतेदेखि इजाजतपत्रको मान्य अवधि (मिति २०८२/०२/१७) सम्मको लागि निलम्बनमा परेको हुँदा सोही होटलको परिसरमा रहेको त्यस प्रा।लि।द्वारा सञ्चालित क्यासिनोको आगामी आ.व.२०८१/०८२ का लागि पुनः सञ्चालन हुने गरी इजाजतपत्र नवीकरण गर्नु औचित्यपूर्ण र कानूनसम्मत नहुने भएकोले होटल र होटलले प्रदान गर्ने सेवा यथास्थितिमा रहेको अवस्थामा आ.व. २०६१/०६२ को लागि उक्त क्यासिनोको इजाजतपत्र नवीकरण नहुने  जानकारी गराएको थियो । 

विभागले ऐनको दफा ४५८ बमोजिमको आवश्यक प्रक्रिया पूरा गरी होटल वा रिसोर्ट परिवर्तनको लागि निवेदन पेस गर्न सक्ने बेहोराको जानकारी मिति २०६१/०२/३० गते निर्णय भएकाले क्यासिनो सञ्चालनको लागि मागिएको इजाजत पत्र नवीकरणको निवेदनको विषयमा कुनै प्रक्रिया अगाडि बढाउन नसकिने बेहोरा  जानकारी गराएको थियो ।

पत्रमा  होटलको पाँच तारा स्तर वर्गीकरणको इजाजतपत्र २०८१ श्रावणदेखि एक वर्षको लागि निलम्बन गर्ने भन्ने राय सहितको प्रतिवेदन पेस हुन आएकोले ऐनको दफा १२ को उपदफा (३) एवम् प्रत्यायोजित अधिकार बमोजिम होटलको पाँच तारा स्तर स्तर वर्गीकरणको इजाजतपत्र २०८१ श्रावणदेखि इजाजतपत्रको मान्य अवधि (मिति २०८२/०२/१७) सम्मको लागि निलम्बन गर्ने र सो अवधिमा उक्त होटलले प्रदान गर्ने सेवा सञ्चालनमा ल्याएमा होटलको पाँच तारास्तरको स्तर वर्गीकरणको निलम्बन फुकुवा गरिने बेहोरा जानकारी गराउने निर्णय भएको जानकारी  अवगत गराइएको छ । 

बन्द रहेको होटल सञ्चालन नै नगराई क्यासिनो मात्र खुलाउन क्यासिनोका नेपाली सञ्चालक मात्रै नभई क्यासिनोका विदेशी सञ्चालकहरूसमेत लागि परेको स्रोतले बतायो । समाचार स्रोतका अनुसार क्यासिनो निलम्बन फुकुवा गराउन रकमको ठुलो चलखेलसमेत भइरहेको समाचार स्रोतको दाबी छ । 

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  २ : २३ बजे