विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

ओली सरकारको बिहानीले यसरी जगायो जनतामा आशा

 काठमाडौँ, । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेको एक साता बित्दै गर्दा ‘जनताको मन छुने’ कामको सुरुवात गरेको छ । एक सातामा नै सरकारले गरेको काम देखेर धेरैले आसाको बिहानी राम्रो भएको टिप्पणी गरेका छन् । 

अघिल्लो पटक सरकारमा हुँदा उत्कृष्ट काम गरेको ओली सरकारले यस पटक पनि त्यसलाई निरन्तरता दिँदै मुलुकलाई समृद्ध नेपाल र सुखी नेपाल बनाउने अठोटका साथ काम गर्ने तयारीमा गरेको केही उदाहरण नै काफी छन्  । 

कुनै बेला भारतसँग नाकाबन्दीमा पनि नझुक्ने प्रधानमन्त्री ओलीले अहिले  परिणाम  दिने गरी  काम गरिरहनु भएको छ । प्रधानमन्त्री ओलीले उद्योगले तिर्ने विद्युत् महसुलमा लामो समयदेखि विवाद रहेकोमा  त्यसलाई टुङ्ग्याउने काम गरेको छ । 

ओली सरकारले बाढी पहिरोबाट ज्यान गुमाउनेको परिवारलाई राहत प्रदान गर्ने,  २०८२ सम्म असार मसान्त भित्र नेपाललाई सडक बालबालिका मुक्त बनाउने प्रक्रिया अगाडि बढाएको छ । 

सरकारले क्रिकेट खेलाडीका लागि स्मरणयोग्य कामको सुरुवात गरेको छ  ।  सरकारले कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट निर्माण र प्यारा फिट निर्माण ३०० दिनभित्र सम्पन्न गर्ने निर्णय गरेको छ । यसले नेपाली क्रिकेट खेलको विकासमा सहयोगी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री ओलीले आफूलाई कुनै लप्पन छप्पन गर्न तथा कुनै सेटिङ र तन्त्रमा पनि नजान्ने भन्दै देश र जनता का हितका पक्षमा निष्ठाका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । सोही अनुसार उहाँले आफूले नियुक्ति हुनसाथ मन्त्रिपरिषद्लाई पूर्णता दिने काम गर्नु भएको छ । ओलीले प्रधानमन्त्रीको नियुक्ति भएको दिनमा मन्त्रिपरिषद्ले पूर्णता दिएर इतिहास रच्नुभयो । यसअघि बनेका सरकारले पटक–पटक मन्त्रिमण्डल गठन गर्दा जनताको विश्वास पनि पाएका थिएन । 

प्रधानमन्त्री ओलीले बाढी, पहिरोमा बेपत्ता भएर १० दिनसम्म पनि फेला नपर्नेका परिवारलाई मृतक सरह राहत दिनुको साथै जाजरकोट भूकम्प प्रभावितलाई दोस्रो र तेस्रो किस्ताको रकम उपलब्ध गराउने कामको पनि सुरुवात गर्नु भएको छ । 

प्रधानमन्त्री ओलीले मुलुकमा पहिलो पटक महिलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिनु भएको छ । यसअघिको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निमित्त मुख्य सचिवको जिम्मेवारी दिइएका लीलादेवी गड्तौलालाई प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को पहिलो बैठकबाट उहाँलाई ‘फूलफेज’मा काम गर्नका लागि कायममुकायम मुख्य सचिवको जिम्मेवारी दिनु भएको हो । 

यस्तै सरकारले बङ्गलादेशमा असुरक्षित रहेका विद्यार्थीलाई स्वदेश फर्काउने काम पनि गर्नु भएको छ । 

बङ्गलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताएपछि प्रधानमन्त्री ओलीले ती विद्यार्थीलाई स्वदेश फर्काउने पहल गर्नु भएको हो । अहिलेसम्म एक हजारभन्दा बढी विद्यार्थी स्वदेश फर्किसकेका छन् । 

 

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  २ : १९ बजे