विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

बागमतीमा एमालेले टुङ्गायो मन्त्री

काठमाडौँ। एमालेले बागमती प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको टुङ्गो लगाएको छ ।  

बागमती प्रदेशमा नेपाली कांग्रेस र एमालेबीच मन्त्रालय भागबन्डा टुङ्गो लागेसँगै एमालेले मन्त्रीहरूको नाम टुङ्गो लगाएको हो । 

एमालेले प्रेमभक्त महर्जन, प्रकाश श्रेष्ठ, अमन मास्के, किरण थापामगर, सुकुमाया तामाङ र कृष्ण सिलवाललाई नयाँ सरकारमा पठाउने निर्णय गरेको छ । 

बागमतीमा कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय लिने गरी सहमति भएको छ । 

मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिंह लामा बन्ने पक्कापक्की भएको छ । 

केन्द्रमा सत्तासमिरकण फेरिएसँगै प्रदेशमा पनि त्यसको असर परेको छ । एमाले र कांग्रेसबीचको सहमति अनुसार एमालेले कोशी, लुम्बिनी र कर्णालीमा तथा कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व लिने समझदारी भएको छ । 

सोही अनुसार अहिले ती प्रदेशमा कांग्रेस र एमालेले सरकारको नेतृत्व गरिरहेका छन् । लुम्बिनीमा कांग्रेसको समर्थनमा एमालेका चेतनारायण आचार्य नियुक्ति भइसक्नु भएको छ । त्यसैगरि यसअघिका कोशीमा एमालेका हिम्मतबहादुर कार्की र गण्डकीका कांग्रेसका सुरेन्द्रराज पाण्डे र कर्णालीमा एमालेका यमलाल कँडेल मुख्यमन्त्रीमा रहिरहनु भएको छ । 

यता सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दिर्घ सोडारीले अहिलेसम्म राजीनामा नदिएपछि त्यहाँ सरकार गठनको प्रक्रिया सुरु भएको छैन । 

 

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  १२ : ४५ बजे