‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नेपाल–भारतको सम्बन्ध प्राचीन र प्रगाढ

काठमाडौं ।  नेपालका लागि भारतीय राजदूत नविन श्री वास्तवले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेट गर्नु भएको छ । राजदूत श्रीवास्तवले मन्त्रालयमा पुगी मन्त्री दाहालसँग भेट गर्नु भएको हो । 

मन्त्रालयमा राजदूत श्रीवास्तवलाई स्वागत गर्दै मन्त्री दाहालले नेपाल–भारतको सम्बन्ध प्राचीन र प्रगाढ रहेको बताउनु भयो ।  भेटमा उहाँले शान्ति, समृद्धि र विकासका लागि दुई देशको सहकार्य आगामी दिनमा थप प्रगाढ बन्ने विश्वास समेत व्यक्त गर्नुभयो । यस्तै मन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित हुनु भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभयो । 

त्यस क्रममा भारतीय राजदूत श्रीवास्तवले आर्थिक विकासका लागि पूर्वाधार निर्माण जरुरी भएकोले मन्त्री दाहालको कार्यकाल सफल रहने विश्वास व्यक्त गर्नुभयो । विकासका विभिन्न आयाममा दुवै देश विच सहकार्य रहँदै आएको उल्लेख गर्दै उहाँले यसले निरन्तरता पाउने समेत बताउनुभयो । राजदूत श्रीवास्तवले नेपाल भारत रेल मार्ग निर्माण र विस्तार दुवै देशका लागि जरुरी रहेको भन्दै नेपाललाई आवश्यक सहयोग गर्न भारत तयार रहेको पनि उल्लेख गर्नु भयो । 

जनकपुर–अयोध्या बस सेवा सञ्चालनको सुरुवात विगतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुवात गरेको स्मरण गर्दै उहाँले रेल सेवा सञ्चालनले दुवै देशको पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुर्‍याउने बताउनुभयो । 

राजदूत श्रीवास्तवलाई मन्त्री दाहाल सहित मन्त्रालय सचिव गोपालप्रसाद सिग्देल, मन्त्री दाहालका सल्लाहकार हर्कराज राई लगायतले स्वागत गर्नु भएको थियो । 

 

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  १२ : ३३ बजे