‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

उपसभामुखको सचिवालयले ९ लाख लिएर फिर्ता गरेको मुकुलको खुलासा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले उपसभामुख इन्दिरा राना प्रकरणबारे राज्यले छानबिन गर्नुपर्ने बताउनुभएको छ । उहाँले उपसभामुख इन्दिरा राना प्रकरणबारे आफूलाई धेरै कुरा थाहा भएको र आवश्यक परे राज्यलाई अनुसन्धानको लागि सहयोग गर्ने बताउनुभएको छ । 

सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै ढकालले यस विषयमा आफूलाई चार महिना अघि नै गुनासो आएको र उपसभामुख रानालाई यस विषयमा सोध्दा आफूलाई केही थाहा नभएको जवाफ दिएको उल्लेख गर्नु भएको छ । उहाँले यस विषयमा पीडित भनिएकी जनप्रतिनिधिसँग बुझ्दा आफूले दिएको रकम फिर्ता आइसक्यो भन्दै थप कुरा खोल्न नचाएपछि यस विषयमा पार्टीलाई जानकारी दिएको खुलासा गर्नुभएको छ ।  मुकुलले पीडित भनिएकी जनप्रतिनिधिसँग पैसा लेनदेनको बैंकिङ स्टेटमेन्ट नै सुरक्षित रहेको भन्दै छानबिन गर्न आग्रह गर्नु भएको छ । 

ढकालले आफूले सुरुदेखि नै उपसभामुखलाई घटनाबारे प्रश्न गरे पनि पार्टी नेतृत्वले नजरअन्दाज गर्दै आएको बताउनुभएको छ । ढकालले उपसभामुख रानामगरलाई राजीनामा दिन आग्रह गर्नुभएको छ । उपसभामुखले अमेरिकी दूतावासलाई चिठी लेखेको विषयमा सामाजिक सञ्जालमार्फत पूर्व महामन्त्री ढकालले उपसभामुख रानाको विगतको छवि उच्च रहे पनि अहिले छानबिनका लागि तयार हुनु नपर्ने कुनै कारण नरहेको बताउनुभएको छ । 

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ९ : १६ बजे