दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

मंसिर २ गतेसम्म निर्माणसम्बन्धी कुनै पनि काम नगर्ने महानगर र न्यूरोडका स्थानीयबीच सहमति

काठमाडौं । काठमाडौं महानगरपालिका र स्थानीयबीच न्यूरोडसहितका अन्य क्षेत्रमा मंसिर २ गतेसम्म फुटपाथ बिस्तार तथा निर्माणसम्बन्धी कुनै काम नगर्ने सहमति भएको छ ।

सहमतिअनुसार एक कार्यदलले अध्ययन गरेपछि मात्र फुटपाथ विस्तार गर्ने नगर्ने निर्णय गरिने भएको छ ।

सुमनराज भण्डारीको संयोजकत्वमा गठित कार्यदलमा २२, २३ र २४ नम्बर वडाका अध्यक्ष र २२ बाट विज्ञ साथै महानगर निर्माण विभागका प्रमुख सुरज शाक्य सदस्य सचिव रहनु भएको छ । काठमाडौं महानगरका मेयर बालेन साहसहित बसेको वार्ता टोलीले सहमति गरेको हो ।

योसँगै पछिल्ला केही दिनदेखि अशान्त बनेको न्यूरोड क्षेत्र अब शान्त हुने भएको छ । महानगरले न्यूरोड सडक साँघुरो बनाएर फुटपाथ विस्तारको काम अगाडी बढाएपछि वडा जनप्रतिनिधिसहित स्थानीयहरु विरोधमा उत्रिएका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ८ : २२ बजे