सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

जहाँ पुष्पलाल, त्यहाँ नेपाली राजनीतिको विचारधारा : पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्युनिष्ट पार्टी जन्माउने र  विचार बुझेको नेता पुष्पलाल मात्र भएको बताउनुभएको छ  ।

काठमाडौँ जिल्ला कमिटीले आज ४६ औ पुष्पलाल स्मृति दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सिद्धान्तको प्रश्नमा पुष्पलाल स्पष्ट रहेको बताउनुभयो । 

पार्टी स्थापनाको समयमा नेकपा र पुष्पलाल सैद्धान्तिक रुपमा सवभन्दा बढी व्यवस्थित रहेको भनाई राख्नुभयो  । महासचिव पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनलाई धरातल उभ्याउने र रणनीतिक प्रश्नमा केन्द्रीत गर्ने प्रश्नमा पुष्पलालको विशिष्ट योगदान रहेको बताउनुभयो । 

उहाँले जहाँ पुष्पलाल उमिने गनुहुन्थ्यो त्यहाँ नै नेपाली राजनीतिकको विचारधारा बन्ने गरेको बताउनुभयो । 
महासचिव पोखरेलले पुष्पलालले जहाँनिया राणाशासनको आन्दोलन विरुद्ध आन्दोलन  र आधारभूत जनताका हितका पक्षमा पैरवी गर्न जोड्न प्रयास गर्नु भएकोे उल्लेख गर्नुभयो । 

“राजनीति दललाई जनताका मुद्दासंग जोड्ने कुरामा प्रत्यन गर्दा उहाँले जव वर्ग दृष्टिकोणमा स्पष्टता नभएका पार्टीबाट त्यो काम सम्भव हुन सक्दैन भन्ने कुरा महसुस गर्नुभयो । त्यसपछि उहाँले कम्युनिष्ट पार्टीको अपरिहार्य वोध गर्नुभयो” महासचिव पोखरेलले भन्नुभयो । 

कतिपयले पुष्पलाल कुनै बेला  कांग्रेस हुनुहुन्थ्यो  भन्ने गरेको उल्लेख गर्दै उहाँले “आजको नेपाली कांग्रेससंग जोडिएको छैन । डिल्लीरमण रेग्मीले नेतृत्व गर्नु भएको राष्ट्रिय कांग्रेसको कार्यालय सचिवको रुपमा केही काम गर्नुभयो । जतिवेला नेपाली कांग्रेसको जन्म भइसकेको थिएन ।”

महासचिव पोखरेलले इलिट वर्गले आधारभूत जनतालाई राजनीतिकसंग जोड्ने कुराको पक्षमा नभएपछि पुष्पलालले नयाँ आन्दोलनलाई अगाडि बढाउने संकल्प गरेपछि त्यसैकै परिणाममा २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना भएको बताउनुभयो । 

इतिहासले पुष्पलाललाई ठीक समयमा, ठीक मूल्याङ्कन गर्न नसक्दा आन्दोलनको क्षति व्यहोर्नु परेको उहाँको भनाई रहेको छ । कम्युनिष्टले जति छिटो प्रगति गर्नुपर्दथ्यो त्यति छिटो नगर्नुको कारण सांगठनात्मक कमजोरी भएको देखिएको उहाँको भनाई रहेको छ । 

राजनीतिक प्रश्नमा स्थापना कालमा कम्युनिष्ट पार्टी त्यति स्पष्ट भएको नदेखिएको उहाँको भनाई रहेको थियो । 
उहाँले जननेता मदन भण्डारीले ‘सिद्धान्तको रंग खैरो, जीवनको रंग हरियो हुन्छ । सिद्धान्तलाई जीवनसंग जोड्नु पर्दछ । जीवनसंग नजोडिएको सिद्धान्तको कुनै अर्थ हुदैन,’ भन्ने गरेको उल्लेख गर्नुभयो । 

महासचिव पोखरेलले आज पनि हामी पुष्पलालको विचारलाई अध्ययन र मनन गर्न सक्ने हो भने त्यसबाट प्रयाप्त शिक्षा प्राप्त गर्ने भन्दै आजको कम्युनिष्ट आन्दोलनलाई पुर्नगठन र पार्टीभित्र विभिन्न प्रश्न उठ्ने र त्यसलाई समाधान गर्न कुरामा पुष्पलाल विचारले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

 
 

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ६ : ०५ बजे