साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बाइडेनले छोडे राष्ट्रपतिको उम्मेदवारी, कमला ह्यारिसलाई समर्थन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको उम्मेदवारी फिर्ता लिनुभएको छ ।

८१ वर्षीय बाइडेनले आफ्नो उम्मेदवारी फिर्ता लिँदै आफ्नी सहकर्मी र उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारमा समर्थन गर्ने घोषणा गर्नुभएको हो ।

पछिल्लो समय बढ्दो उमेर र स्वास्थ्यका कारण बाइडेनले रिपब्लिकन पार्टीका उम्मेदवार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिन नसक्ने भन्दै उहाँलाई उम्मेदवारी फिर्ता लिन दबाब दिइएको थियो ।

बाइडेनले विज्ञप्तिमा भन्नुभएको छ, ‘राष्ट्रपतिको रूपमा सेवा गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो । फेरि चुनाव लड्ने मेरो मनसाय भए पनि पार्टी र देशको हितमा उम्मेदवारी फिर्ता लिने र बाँकी कार्यकाल राष्ट्रपति पदको जिम्मेवारी पूरा गर्नमा पूर्ण ध्यान दिने विश्वास लिएको छु ।’

बाइडेनले आफ्नो निर्णय बारे राष्ट्रको नाममा सम्बोधन गर्ने अमेरिकी मिडियाहरुले बताएका छन् ।

अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

यसैबीच, कमला ह्यारिसले आफूलाई राष्ट्रपतिको उम्मेदवारीमा बाइडेनको समर्थन पाउनु सम्मानको कुरा भएको प्रतिक्रिया दिनुभएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ७ : ०५ बजे