साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

महिला एसिया कप : नेपाल पाकिस्तानसँग पराजित

काठमाडौं । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।

श्रीलंकाको दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गएराति सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको हो ।

जितको लागि नेपालले दिएको एक सय नौ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ११ दशमलव पाँच ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।

पाकिस्तानका लागि गुल फिरोजाले ३५ बलमा १० चौकाको मद्दतमा सर्वाधिक ५७ रन बनाइन् । यसैगरी मुनिबा अलीले अविजित ४६ रनमा बनाइन्।

नेपालका लागि एक मात्र विकेट कविता जोशीले लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय आठ रन बनाएको थियो । नेपालको लागि कविताले २३ बलमा चार चौका र एक छक्काको सहयोगमा ३१ रन बनाइन् भने सीता रानामगरले २६, पूजा महतोले २५ र कविता कुँवरले १३ रन जोडे ।

पाकिस्तानका लागि सादिया इकबालले सर्वाधिक दुई विकेट लिइन् भने फातिमा सानाले एकएक विकेट लिइन् ।

यस खेलसँगै समूह ‘ए’मा दुवै टोलीको दुई खेलबाट समान दुई दुई अङ्क जोडेका छ्न् । पहिलो खेलमा नेपालले युएईलाई छ विकेटले हराउँदा पाकिस्तान भारतसँग सात विकेटले पराजित गरेको थियो ।

नेपालले समूह चरणको आफ्नो अन्तिम खेल यही साउन आठ गते भारतसँग खेल्नेछ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ७ : ०३ बजे