सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

विश्वासको मत दिएर मुलुकमा नयाँ च्याप्टर सुरु गर्न प्रधानमन्त्री ओलीको आग्रह 

काठमाडौ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई विश्वासको मत दिएर मुलुक निर्माणको नयाँ च्याप्टर सुरु गर्न सांसद्हरुलाई आग्रह गर्नुभएको छ । आइतबार संसद्मा विश्वासको मत लिनु अघि उठेका प्रश्नको जवाफ दिनुहुँदै उहाँले संविधान संशोधन रहर नभई आवश्यकताको विषय भयाे।    उहाँले भन्नुभयो ‘म सबै विचारहरूलाई सम्मान गर्छु, राम्रा सुझाव दिनेहरूको ग्रहण गर्छु। आक्रोश, उत्तेजना र गालीगलौज बिर्सिदिन्छु। त्यता गइरहनु वाञ्छनीय हुँदैन। हरेकलाई खुसी पार्न सकिँदैन। कोही उहिलेदेखि नै संविधान संशोधन गर्नुपर्छ भनेको भनैछन्। कोही सकिँदैन भन्नुहुन्छ। कुरा हुँदै जाँदा निष्कर्षमा पुगिन्छ।’ 

प्रधानमन्त्री ओलीले यो भन्दा अघिल्लो संसदमा संविधानको दोस्रो संशोधन सर्वसम्मत भएको घटनाको समेत स्मरण गर्नुभयो। 

आफू भ्रष्टाचार विरुद्ध रहेको प्रस्ट पार्दै प्रधानमन्त्री ओलीले भन्नुभयो –म फेरि भन्छु भ्रष्टाचार मौलाउँदैन र अरूलाई पनि गर्न दिइँदैन। मैले जीवनमा भ्रष्टाचार गरेको छैन, अहिले पनि छैन  र भोलि पनि गर्दिन । 

ओलीले गिरीबन्धु टी–स्टेटको जग्गा प्रकरणमा अदालतले नीतिगत भ्रष्टाचार नभनेको बताउनु भयो । 

उहाँले प्रश्न गर्नुभयो   ‘कानुन बनाइ अगाडि बढाउँदा विकृति हुनसक्छ ? हामीले कानुन बनाएका हौँ। त्यसमा अफवाह फैलाउने कुरालाई कसैले निरन्तरता दिन्छ भन्ने मेरो केही भन्नु छैन। त्यसबारे अदालतको फैसला भएन र ? बेचबिखन र सट्टापट्टा भएको छैन। हुनेभन्दा अगाडि यस्तो यस्तो हुने भनेर शर्त राखिएको थियो। त्यो सर्तलाई अहिले अदालतले रोकिदियो।’  अनि त्यो कसरी भ्रष्टाचार भयो? 

उहाँले  कसैलाई मान्छे मन नपर्न सक्ने वा चरित्र हत्या गर्न मन लाग्नु बेग्लै कुरा भएको भन्दै सुनैसुनको चित्र बनाएको देखिएको भन्दै त्यसको जवाफ दिनुपर्छ भनेर प्रतिप्रश्न गर्नुभयो ।  

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ६ : ०८ बजे