सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

ओली प्रधानमन्त्री बन्दा सबैभन्दा बढी खुशी छु, तर विश्वासको मत दिदैनौं : लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । आज प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई विश्वासको मत नदिने स्पष्ट गर्नुभएको हो । 

अध्यक्ष लिङ्देनले आफू र आफ्नो दलको विगतमा एमालेसँग निर्वाचनमा तालमेल भएको उल्लेख गर्नुहुँदै ओली प्रधानमन्त्री बन्दा आफु सबैभन्दा धेरै खुसी भएको बताउनुभयो ।

उाँले यसअघि पनि राप्रपाले २ पटक प्रधानमन्त्री ओली रहँदा विश्वासको मत दिएको स्मरण गर्दै सरकारले संबिधान संशोधनको स्पष्ट खाका पेश गरेमा सरकारलाई सहयोग गर्ने बताउनुभयो ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ६ : ०५ बजे