सुनको मूल्यमा नयाँ कीर्तिमान

एमाले कार्यदलको बैठक  सिंहदरबारमा जारी , बैठक अझै केही घण्टा लम्बिने 

काठमाडौं । नेकपा एमालेको विवाद मिलाउन बसेको कार्यदलको बैठक सिंहदरबारमा जारी छ ।

अर्थ मन्त्रालयमासाढे १२ बजे देखि बसेको बैठक अझै केही घण्टा लम्बिने संभावना छ ।  

हिजो साढे ११ बजे बैठक बस्ने भनिए पनि तयारी नपुगेको भन्दै एक घण्टापछि बैठक सुरु भएको थियो ।
आजको बैठकबाट ठोस सहमति हुने दाबी नेताहरुको छ ।  बैठकमा उपाध्यक्ष भीम रावल र उपमहासचिव विष्णु पौडेलले तयार पारेको ड्राफ्टमाथि छलफल भइरहेको बताइन्छ । 

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ३ : ४२ बजे