सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सबै दलको सहमतिमा मात्र संविधान संशोधन गर्छौं- देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन सबै दलको सहमतिमा मात्र गर्ने बताउनुभएकाे छ ।

प्रतिनिधि सभामा बोल्दै सभापति देउवाले संविधान संशोधन स्वाभाविक प्रक्रिया रहेको सबै दलको सहमतिमा मात्र संविधानको संशोधन गरिने र संविधानलाई सहभागिता मूलक बनाइने बताउनुभयाे ।

संविधान निर्माण भएको आठ वर्ष पुगेको र यसका सबल र दुर्बल पक्षको विश्लेषण गरेर संविधान संशोधन गर्नुपर्ने उहाँले बताउनुभयाे ।

उहाँले ओलीको नेतृत्वमा सरकारले अहिलेको निराशालाई चिर्दै देशमा मा बदलिने विश्वासको व्यक्त गर्नुभयाे । उहाँले काँग्रेस र एमालेले देशमा राजनीतिक स्थिरताका लागि गठन भएको र यसमा सफल हुने विश्वास व्यक्त गर्दै ओलीको नेतृत्वको सरकारले देशलाई विकासको बाटोमा लैजाने बताउनुभयाे ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  २ : ५३ बजे