सुनको मूल्यमा नयाँ कीर्तिमान

माओवादी केन्द्रविरुद्धको निवेदनलाई निर्वाचन आयोगले सम्बोधन गर्ने

काठमाडौँ । निर्वाचन आयोगले माओवादी केन्द्र खारेजीको माग गर्दै हालिएको निवेदनलाई सम्बोधन गर्ने बताएको छ ।

पूर्वमाओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, गौरीशङ्कर चौधरी लगायत नेताहरुले माओवादीको खारेजीको माग गरेर आयोगलाई निवेदन दिनुभएको थियो  ।

त्यस्तै, उहाँहरुलाले  पार्टीका अवैद्य अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई गरेको कारवाही पनि अवैद्य रहेको निवेदन दिनुभएको थियो  ।
आयोगले उहाँहरुको निवेदन दर्ता गरेको र यसबारेमा सम्बोधन हुने पनि जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ३ : ३५ बजे