सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

विश्वासको मत लिँदै प्रधानमन्त्री, सात पार्टीको दुई तिहाइ बढी समर्थन

काठमाडौँ, । प्रधानमन्त्री केपी ओली आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले आज अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने संसद्को कार्यसूची छ । 

संविधानको धारा ७६(२) अनुसार नियुक्त हुनु भएका प्रधानमन्त्री ओलीले संविधानको धारा ७६(४) अनुसार त्यसरी नियुक्त भएको  ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिन लाग्नुभएको हो । 

प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी लगायतले विश्वासको पक्षमा मत दिने निर्णय गरिसकेका छन् । 

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मतको पक्षमा मतदान नगर्ने निर्णय गरिसकेका छन् । 

यस्तै निवर्तमान प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत असार २८ गते संसदमा विश्वासको पक्षमा ६३ मत पाउनु भएको थियो । 

काँग्रेसको आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय गर्दै पार्टीका सबै सांसदलाई ह्विप जारी गरेको छ । 

प्रधानमन्त्रीलाई ओलीलाई विश्वासको मत लिने निर्णय गर्ने सदस्य सङ्ख्या संसदमा दुई तिहाइ भन्दा धेरै रहेको छ । 

प्रधानमन्त्री ओलीलाई एमालेको ७७, काँग्रेसको ८८, जसपाको ७, जसपा नेपाल ५ र जनमत पार्टीको ६  लोसपाका ४ नाउपाका ४ गरी    कुल १सय ९१  सांसदले विश्वासको मत दिने छन् । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि एक सय ३८ मत आवश्यक पर्दछ । दुई तिहाइका लागि १ सय ८४ भए पुग्छ। 

 

​​​​​​​

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १२ : २५ बजे