सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

रविको अनुहारमा कालो पोत्ने तीन काण्ड: नागरिकता, ढाकाकुमार र अमेरिका भिसा  

काठमाडौँ। कस्मेटिक तारिकाले रवि लामिछाने नेतृत्वमा गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको पछिल्ला  गतिविधि पनि कस्मेटिक पखालिए जस्तै भएका छन् । बिभिन्न समयमा सो पार्टीका नेताहरु बिभिन्न काण्डमा मुछिँदै आउनु र त्यसलाई पार्टीले संस्थागत रूपमा नै बचाऊ गर्दै आउनुले पनि यस कुरालाई पुष्टि गरेको छ। 

 सो पार्टीका सांसद ढाकाकुमार  श्रेष्ठको मेडिकल ब्याबसायी दुर्गा प्रसाईँसँग  स्वास्थ्य मन्त्री बन्न २ करोड माग गरेको अडियो रेकर्ड बाहिर आएपछि रास्वपाको पहिलो कस्मेटिक त्यही पखालिएको थियो। 

 रास्वपा र त्यसका सभापति लामिछानेको अनुहार देखाइसक्नु नभएपछि श्रेष्ठलाई सांसदबाट हटाइएको थियो। उनले स्वास्थ्य मन्त्री बन्नका लागि पार्टीमा २ करोड रुपैयाँ बुझाउनु पर्ने भन्दै दुर्गा प्रसाईँसँग सो रकम माग गरेको अडियो सार्बजनिक भएको थियो। श्रेष्ठलाई कारबाही गरेपछि लामिछानेले आफूले कोही भए अरूलाई पनि पार्टीमा कारबाही गर्ने प्रतिबद्धता गरेका थिए। श्रेष्ठले भने व्यवसायी प्रसाईँसँगको संवादमा पार्टी सभापति लामिछाने निकट “कोर टिमबाट मन्त्री बनाउन पैसा माग गरिएको” दाबी गरेको अडियो सार्बजनिक भएको थियो । 

यसभन्दा अघि लामिछाने आफै नागरिकता प्रकरणमा विवादमा मुछिएका थिए। यस  सम्बन्धी मुद्दा सर्वोच्चमा समेत पुग्यो  । तर सर्वोच्चले उनलाई दोषी ठहर गरेको थियो। 

तत्कालीन उपप्रधान तथा गृहमन्त्री रहेका  लामिछाने नेपाली नागरिकता प्रकरणमा दोषी ठहर भएका थिए। सर्वोच्च अदालतको संवैधानिक इजलासले उनलाई नागरिकता प्रकरणमा दोषी ठहर गरेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उनको सांसद पद गएको थियो  र पछि उनको निर्वाचन क्षेत्रमा चुनाव भएको थियो। 

उनको नागरिकता २०५० साल फागुन १० गते जारी भएको, २०७० फागुन ११ गते उनले अमेरिकी नागरिकता लिएको, २०७१ जेठ २१ मा नेपाल आएको, अमेरिकी नागरिकता लिइसकेपछि पुरानो नागरिकताकै आधारमा २०७३ जेठ १३ गते नेपाली राहदानी लिएको पाइएकोले उनलाई यस बिषयमा अदालतले दोषी ठहर गरेको थियो। 

अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा राना मगरले अमेरिकी दूतावासलाई लेखेको पत्र  प्रकरण विवादमा परेको छ। यसबाट पनि पहिलो जस्तै आत्मसमर्पण गर्नुको कुनै विकल्प देखिँदैन। तर  रास्वपाले यस्तो अभियोग लागेकी उपसभामुख रानालाई कारबाही गर्नको साटो बचाउ गर्दै विज्ञप्ति निकालेको छ। जसले रास्वपको अनुहारमा बाँकी रहेको कस्मेटिक पखालिन्छ। 

सो पार्टीले राना प्रकरणमा पहिलो पटक औपचारिक धारणा सार्वजनिक गर्दै अमेरिकी भिसाका लागि आर्थिक लेनदेन नभएको जिकिर गरेको छ ।

भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरू नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नदेखिएको र कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन नसकेको रास्वपाको भनाइ छ ।

रास्वपाबाट उपसभामुख बनेकी उपसभामुख राना मगरले पाँच व्यक्तिलाई अमेरिका लैजान भनी नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उनी विवादमा तानिएकी छन् ।

एक वर्ष अघि ‘कमिसन अन द स्ट्याटस अफ वुमन’को ६७ औँ सत्रमा भाग लिन जाने क्रममा उनले आफूसँगै ४ पुरुष र एक महिलालाई समेत लैजाने गरी दूतावासमा पत्र पठाएकी थिइन् । आर्थिक लेनदेनसँग सम्बन्धित अडियो संवादसमेत सार्वजनिक भएको छ । त्यसको सूचना आएपछि पार्टीबाट तुरुन्तै सोधखोज गरिएको रास्वपाले जनाएको छ ।

‘भिसाको माग गरिएको वा आर्थिक लेनदेन भएको कुनै तथ्यगत आधार देखिँदैन,’ रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले आइतबार  जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

  

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १० : ५७ बजे