दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ

राजविराज ।  प्रहरीले कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सञ्चालक समितिका सचिव सिद्धार्थ तातेडलाई पक्राउ गरेको छ । 

राजविराज नगरपालिका–३ का वडा सदस्य तथा राजविराज जेसिजका पूर्वअध्यक्ष रहेका तातेडलाई घरबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ । सप्तरी जिल्ला अदालतले सहकारीको रकम ठगी तथा आपराधिक विश्वासघात मुद्दामा तातेडलाई पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको छ ।

सहकारीका बचतकर्ताको रकम अपचलन गरेको र संस्थाका सातजना सञ्चालक सम्पर्कविहीन भएको भन्दै संस्थाका उपाध्यक्षसहित ४६ जना बचतकर्ताले सञ्चालक समितिका सचिव तातेडविरुद्ध विसं २०८० साउन १९ गते प्रहरीमा उजुरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक ढुण्डिराज नेउपानेले सात सदस्यीय सञ्चालक समितीमध्ये अध्यक्ष बेचन यादव र अन्य पाँचजना सञ्चालक सदस्य भने अझै फरार रहेकोे जानकारी दिनुभयो । सञ्चालक समितिमाथि बचतकर्ताको रु एक करोड ३३ लाख २० हजार आठ सय २३ तथा संस्थाको रु ८८ लाख १७ हजार ६ सय ७७ गरी कूल रु दुई करोड २१ लाख ३८ हजार पाँच सय घोटाला गरेको आरोप छ ।
 

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ९ : ५७ बजे