सुनको मूल्यमा नयाँ कीर्तिमान

विपक्षी गठबन्धलाई युवा संघको चेतावनी : ‘अब जवाफ सडकबाटै दिनेछौ’ 

भोलीदेखि देशभर आन्दोलन गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले देशव्यापी सडक आन्दोलनको घोषणा गरेको छ । 
पोखरामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष किरण पौडेलले विपक्षी गठबन्धनबिरुद्द सडक आन्दोलनको घोषणा गर्नुभएको हो ।

पत्रकार सम्मेलनमा बोल्नुहुँदै अध्यक्ष पौडेलले विपक्षी गठबन्धनका नाममा देशी विदेशी तत्वहरुले अस्थिरतालाई मलजल गर्नेगरी सडकमा प्रदर्शन थालेकोले त्यसको प्रतिवाद सडकबाटै गरिने बताउनुभयो । 

‘अहिले नेपालको कम्युनिष्ट आन्दोलनको बिरुद्द, हाम्रो पार्टीको विरुद्द, सरकारको विरुद्द, देशको स्थिरतको बिरुद्द एउटा ठुलो राष्ट्रिय–अन्तरराष्ट्रिय डिजाइन भइरहेको छ,’ अध्यक्ष पौडेलले भन्नुभयो , ‘जस्तालाई त्यस्तै जवाफ दिने ढङ्गले सडकबाट अदालतलगायत राज्यका विभिन्न अङ्गहरुलाई प्रभावित पार्न खोज्ने तत्वहरुलाई सडकमा भेटेर सडकबाटै जवाफ दिने र सशक्त दबाब दिनेगरी आन्दोलन घोषणा गरेका हौ।’ विपक्षी गठबन्धनले गलत नियतका साथ सरकारविरुद्द गतिविधी बढाएको  युवा संघको ठहर छ।

संघका उपाध्यक्ष एवम् प्रदेश २ का इञ्चार्ज सञ्जिव कुमार सुरज झालगायतको उपस्थितीमा घोषणा गरिएको आन्दोलन भोलीदेखी नै शुरु हुने बताइएको छ।
 

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  २ : २३ बजे