‘नेशनल डे कन्सर्ट’ सम्पन्न

माइक्रोसफ्टको सर्भरमा समस्या

 काठमाडौं । शुक्रबार विश्वभरका धेरै बैंक, एयरलाइन्स र दूरसञ्चार सेवाको काम अचानक ठप्प भएको छ ।

धेरै टेलिभिजन तथा ब्रोडकास्ट कम्पनीहरूको प्रसारण पनि रोकिएको छ। माइक्रोसफ्टको सर्भर डाउन हुनाले यो समस्या देखिएको हो । माइक्रोसफ्टले यसलाई ठीक गर्न प्रयास गरिरहेको बताएको छ।

आइटी प्रणाली बन्द भएकाले बर्लिन एयरपोर्टमा चेक-इनमा समस्या आएको छ। आईटी समस्याहरू स्पेनका सबै एयरपोर्टहरूमा सुरु भएको रिपोर्ट गरिएको छ।

अस्ट्रेलियाको सिड्नीमा विमान उडान प्रभावित भएको छ । युनाइटेड एयरलाइन्सले आफ्नो हवाई सेवा बन्द गरेको छ । लन्डन स्टक एक्सचेन्जमा पनि प्राविधिक समस्या देखिएको छ ।

नेपालमा पनि एयरलाइन्सहरूकोमा टिकट बुकिङ्ग लगायतमा समस्या आइरहेको बताइएको छ। 

चार एयरलाइन्स – इन्डिगो, स्पाइसजेट, अकासा एयर र एयर इन्डिया एक्सप्रेसले प्राविधिक समस्याका कारण बुकिंग, चेक-इन र उडान अपडेट सेवाहरू प्रभावित भएको जनाएको छ।   

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ५ : १४ बजे