सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

काँग्रेसको भावी सभापतिमा शेखरलाई सघाउने सुजाता कोइरालाको घोषणा

काठमाडौं । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीको भावी सभापतिका लागि शेखर कोइरालालाई सघाउने घोषणा गर्नुभएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा कोइरालाले १५औँ महाधिवेशनमा शेखरलाई सहयोग गर्ने घोषणा गर्नुभएको हो । बुबा, हजुरबुबाहरूले देख्नुभएको सपनालाई मिलेर पूरा गर्नुपर्ने उहाँको भनाइ छ ।

‘हामी एकजुट हुनै पर्छ । हाम्रो बुबा र हजुरबुबाहरूले देख्नुभएको सपनालाई पूरा गर्नेपर्छ । त्यसका लागि शेखर दाइले लिडरसिप लिनुभएको छ । हामीले मुलुकलाई निकास दिनुपर्छ,’ उहाँले भन्नुभयो ।

उहाँले शशांक कोइराला पनि शेखरको साथमा आउने विश्वास गर्नुभयो । शेखर, शशांक र आफूबीच अब कुनै विवाद नरहेको उहाँले स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ४ : १२ बजे