साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

न्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय

काठमाडौँ । काठमाडौँ न्युरोड क्षेत्रको फुटपाथ विस्तार कार्यमा स्थानीयले पुनः अवरोध गरेका छन् । फुटपाथ विस्तारको विरोधमा स्थानीय उत्रिएपछि सो क्षेत्रमा उल्लेख्य मात्रामा  नेपाल प्रहरी, नगरप्रहरी तैनाथ गरिएको छ । 

उच्च अदालत पाटनले असार ३० गते फुटपाथ विस्तार गर्न बाटो खोलिदिएपछि महानगरले विस्तारको काम पुनः थालेको थियो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले महानगरको मागअनुसार अन्तरिम आदेश दिएपछि काम फेरि सुरू भएको हो ।

यसअघि काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गरिदिएपछि महानगरपालिकाले काटेको कालोपत्रे पनि टालेको थियो ।

सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दिएको थियो । सो रिटमा सुनुवाइ गर्दै उच्च अदालतले शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ११ : ४९ बजे