‘एउटै नाउरको सिकार गर्न २३ लाख’

प्रधानमन्त्रीको चासोपछि मौद्रिक नीतिमा गम्भीर छलफल 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको  गहन चासोपछि नेपाल राष्ट्र बैङ्कले  आज सार्वजनिक गर्ने भनिएको मौद्रिक नीतिमाथि थप छलफल सुरु भएको छ।  । प्रधानमन्त्री  ओलीको आर्थिक सल्लाहकारमा पूर्व अर्थमन्त्री डा युवराज खतिवडा नियुक्त हुनुभएपछि मौद्रिक नीति माथि गहन छलफल सुरु भएको हो। नेपालमा मौद्रिक नीतिका ज्ञाता मानिने खतिवडा राष्ट्र बैंककका पूर्व गभर्नर तथा योजना  आयोगका पूर्व उपाध्यक्ष समेत हुनुहुन्छ। अघिल्लो ओली सरकारमा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेर मुलुकमा स्थिर अर्थतन्त्रको जग बसाल्न भूमिका खेल्नु भएका खतिवडासँग प्रधानमन्त्री ओलीले मौद्रिक नीति मुलुकको अर्थतन्त्र चलायमान हुने गरि आउनुपर्ने चासो राख्नु भएपछि खतिवडाले गभर्नर महाप्रसाद अधिकारीसँग संवाद गर्नुभएको बुझिएको । यस अघि राष्ट्र बैङ्कले मौद्रिक नीति सार्बजनिक गर्ने तयारी गरेको थियो। 

चालु आर्थिक वर्ष (२०८१÷८२) मा कर्जा विस्तार गर्ने गरी मौद्रिक नीतिको मस्यौदा नेपाल राष्ट्र बैङ्कले तयार गरेको बताइएको छ।  ।  । बैङ्कमा लगानी योग्य रकम थुप्रने क्रम बढ्दै गएको तर  कर्जा बढाउने नीति नभएकाले  बैङ्कहरू मारमा परिरहेका छन् । कर्जाको सीमाका कारण  बैङ्कले ऋण प्रवाह गर्न सकिरहेका छैनन्। 

निर्माण क्षेत्र, थोक तथा खुद्रा बजारमा क्षेत्रमा समेत समस्या छ । कतिपय बैङ्क मर्जर हुँदा ओभर ड्राफ्ट कर्जाको आकार घटाइएका कारण धेरै निर्माण व्यवसायीले समस्या भोग्नु परेको  छ।  त्यस्तै ऋण प्रवाहमा समस्या देखिएका कारण घर जग्गा कारोबार समेत  ठप्प  छ। समग्रमा भन्नुपर्दा मुलुकको अर्थतन्त्र सहज छैन। सरकारले कर्मचारीलाई दिनुपर्ने पेन्सन बापतको रकम समेत दिन नसकेको बुझिएको छ।  त्यसैले कर्जा बढाउने सेयर बजार उकालो लाग्ने,  घरजग्गा र सवारीसाधन कर्जामा लोन टु भ्यालु रेसियो र जोखिम भारमार्फत सहजीकरण गर्न गरी मौद्रिक नीति आउने अपेक्षा गरिएको छ। 

 

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ११ : १० बजे