सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सरकारले तोक्यो मन्त्रीपरिषद्का ५ समितिको संयोजक

काठमाडौँ । सरकारले मन्त्रीपरिषद्का पाँच समितिको संयोजक तोकेको छ।  बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले राजनीतिक, प्रशासन, आर्थिक पूर्वाधार, विधेयक र सामाजिक समितिको संयोजक तोकेको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो।

बैठकले राजनीतिक समितिको संयोजकमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई ताेकेकाे छ भने आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई तोकेको छ। यसैगरी विधेयक समितिको संयोजकमा गृहमन्त्री रमेश लेखक, प्रशासन समितिको संयोजकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र सामाजिक समितिको संयोजकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई तोकेको छ। 

प्रवक्ता गुरुङले सरकारले नयाँ दिल्लीमा आयोजना हुने युनेस्को विश्व सम्पदा समितिको ४६ औँ बैठकमा साउन ६ देखि ११ सम्म सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेयलाईस्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेकाे जानकारी दिनुभयाे ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ८ : १५ बजे