‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा  विष्णु रिमाल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बिहीबार नेकपा एमालेका उपमहासचिव समेत रहनुभएका रिमाललाई प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो ।

प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा रिमालको यो चौँथो नियुक्ति हो । रिमालले यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा हरेक कार्यालयमा प्रमुख सल्लाहकार पदमै रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहनुभएको थियो  । 

मजदूर आन्दोलनसँगै पार्टी नेतृत्वमा स्थापित रिमाल नेपाल ट्रेड युनियन महासंघ जिफन्टको पूर्व अध्यक्ष हुनुहुन्छ । 

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ७ : ०४ बजे